Tag: मृत फेला

  • सिस्नु टिप्न गएका दिदीबहिनी मृत फेला

    सिस्नु टिप्न गएका दिदीबहिनी मृत फेला

    सुर्खेत । रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत फेला परेका छन् ।

    पुथाउत्तरगंगा गाउँपालिका-३ रन्माका १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत फेला परेको हुन् ।

    बुधबार साँझ घरबाट सिस्न टिप्न गएका उनीहरु मृत फेला परेका हुन् । उनीहरु एकै घरका दिदीबहिनी रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

    घरबाट सिस्नु टिप्ने भन्दै गएको र साँझ घरमा नआएपछि आफन्तले खोजी गर्दा बिहीबार बिहान ६ बजे मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

  • विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

    विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

    काठमाडौं । काठमाडौं, कास्की, दाङ, स्याङ्जा र पर्सामा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

    काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

    बुढानिलकण्ठ नगरपालिका–८ स्थित निर्माणाधिन घरमा काम गर्ने उनी सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    कास्कीको पोखरा महानगरपालिका–३२ मालमुल फाटको भष्मेटो भिरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    दाङको लमही नगरपालिका–१ सुनडबरी बस्ने ६५ वर्षीय मान बहादुर सार्की छिमेकीको घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    स्याङ्जाको आधिखोला गाउँपालिका–६ साम्दीखोलास्थित खेतमा सोही गाउँपालिका–२ ओईया बस्ने ५५ वर्षीय रेशम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    पर्साको वीरगंज महानगरपालिका–१६ स्थित माइडिया पोखरी नजिकै हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    सबै घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • फर्पिङको जंगलमा युवा युवती मृत फेला

    फर्पिङको जंगलमा युवा युवती मृत फेला

    काठमाडौं । दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा दुईजना युवा युवती मृत भेटिएका छन् । करिब २० देखि २२ वर्षका देखिने युवा युवतीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार युवा युवती मृत भेटिएको ठाउँमा अहिले स्थानीय प्रहरीको युनिट पुगिसकेको छ ।

    घटनाबारे जानकारी आएपछि अपराध अनुसन्धान कार्यालयको एउटा टोली पनि पठाएकाे प्रहरीले जनाएकाे छ ।

  • बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत फेला

    बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत फेला

    ताप्लेजुङ । ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी साेमबार मृत भेटिएकी छन् ।

    फुङलिङ नगरपालिका- ३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आइतबार मध्याह्न १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए ।

    बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् ।

    थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सिमकोटमा म्यादी प्रहरीको मृत्यु

    सिमकोटमा म्यादी प्रहरीको मृत्यु

    सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

    सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

    मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया भएको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।

    साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुईँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

  • तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

    तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

    तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

    स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको छ । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।

  • नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

    नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्जे गरेकाे क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।