Tag: राजेन्द्र लिङ्देन

  • याे बजेटले मूल्यवृद्धि नियन्त्रण गर्न र देशकाे आर्थिक संकट टार्न सक्दैन : राजेन्द्र लिङ्देन

    याे बजेटले मूल्यवृद्धि नियन्त्रण गर्न र देशकाे आर्थिक संकट टार्न सक्दैन : राजेन्द्र लिङ्देन

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा उनले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताए ।

    आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको स्रोतसमेत खुलाउन नसकेको भन्दै उनले बजेटमा सञ्चालानमै नरहेको हेटौँडा उद्योगको कपडा लगाउने कार्यक्रम रहेको र सो उद्योग चलाउने विषयमा मौन रहेको बताए ।

    बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषयमा उल्लेख नै नभएको भन्दै उनले युवालाई विदेश पहलायन रोक्ने र युवालाई लागूऔषधको सिकारबाट जोगाउने कार्यक्रम पनि नरहेको बताए । बजेट कार्यान्वयन हुनै नसक्ने भन्दै उनले बजेट कार्यान्वयनकै चरणमा अर्काे सरकार आउने पनि बताए ।

  • स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

    स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन् ।

    मोरङको विराटनगरस्थित विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे ।

    अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखे ।

    राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिँदै उनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलन हुनुपर्ने बताए ।

    अध्यक्ष लिङ्देनले हरेक राजनीतिक दल पराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धास्थल हुनसक्ने बताए ।

  • चुनाव आउँदैछ, सबैले आ-आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्य्रकम बनाइएछ : लिङ्देन

    चुनाव आउँदैछ, सबैले आ-आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्य्रकम बनाइएछ : लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनाव लक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन् ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङदेनले चुनाव आउँदैछ त्यसैले सबैले आफ्नो आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्य्रकम बनाइएकाे जस्ताे छ ।

    सांसद लिङदेनले भने, ‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्ष यता हेरिरहेको छु । पाचौं पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनु भयो । मन्त्रीजीहरुको जिल्लामा ठूला ठूला बाटोहरु बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरु वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरुको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा । अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छ ? कहीँ देखिन्न नीति कार्यक्रमले त्यस्तो विषयहरु छुनु पर्छ कि पर्दैन ? प्राथमिकताहरु कसरी निर्धारण हुन्छन् ? हाम्रो देशको प्राथमिकता के हो ? हामीले हाम्रो देशको प्राथमिकता यो हो भनेर भन्ने सबैभन्दा माथिको ठाउँ कहाँ हो ? शैक्षिक सत्र शुरु भइसक्यो, पाठ्यपुस्क विद्यालयमा पुगेको छैन । अर्को साल विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनेछन् भन्ने सुनिश्चितता खै ? त्यतातिर त गएन, चुनाव आउँदैछ त्यसैले सबैले आफ्नो आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्यक्रममा टिपाएको छ ।’

  • देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् : राजेन्द्र लिङ्देन

    देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् : राजेन्द्र लिङ्देन

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन् ।

    राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई देश समृद्ध बनाउने चाहना भएमा हलोमा मतदान गर्न आग्रह गरेका हुन् ।

    देश सुधार्नको लागि सबै सुध्रिन जरुरी भएको र अब सबै दलहरु सुध्रन जरुरी भएको उनले बताए । ‘यो निर्वाचनलाई देशलाई दुर्घटनामा जान रोक्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भने ‘यो चुनावमा उनीहरूको बाकस खाली गरिदिनुस् ।’

    सबै मिलेर अन्य दलको बाकस नै खाली गरिसकेपछि सबै दलका नेताहरू सुध्रिने उनको भनाइ छ ।

  • मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन

    मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा शनिबार आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाएर राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे ।

    उनले भने, ‘पोखरामा हामीले सोचेजस्तो मत आउन सकेको छैन, अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु राप्रपालाई भोट हाल्नुस्, यो सुन्दर नगरी हामी अझ सुन्दर बनाउने जिम्मा हामी लिन्छौँ ।’

    लिङ्देनले अरू पार्टीका नेतामा दम्भ र अहम्ता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गरी एकचोटि राप्रपाको नेतृत्वलाई हेर्न आग्रह गरे । उनले अबको आफ्नो जिन्दगी इमान्दारिताको राजनीति गरेर मुलुकमा सुशासन स्थापित गर्न लागि पर्ने पनि बताए । पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे ।

    राप्रपाकी नेत्री रेखा थापाले सबै जात, जाति, भाषाभाषीको न्याय, अधिकार र स्वतन्त्रताका लागि राप्रपा एक मात्र पार्टी भएको बताइन् । राप्रपाले महिला र बालबालिका ज्येष्ठ, युवा सबै सबैका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने उनकाे भनाइ थियो ।

    कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगरको प्रमुखको उम्मेदवार बनेका शङ्कर खरालले अन्य पार्टीको नेतृत्व जनताले हेरिसकेकाले अब पर्यटकीय सहरलाई थप सुन्दर र भ्रष्टाचार मुक्त बनाउन आफ्नो पार्टीलाई मत दिन अपिल गरे ।

    त्यसैगरी, उपप्रमुखमा रञ्जना सेन पौडेलले आफूहरूले राष्ट्रियताको सवाल स्पष्ट धारणा लिएर जनतामाझ पुगेको बताउँदै आफूहरूलाई जनताका साथ रहने विश्वास व्यक्त गरे । उक्त अवसरमा राप्रपा युवा सङ्गठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीको पहलमा चुनावी आमसभामा करिब ७०० जना युवाहरु पार्टी प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

  • महाधिवेशनपछि राप्रपामा लिङ्देन ‘एक्सप्रेस’

    महाधिवेशनपछि राप्रपामा लिङ्देन ‘एक्सप्रेस’

    काठमाडौं । राप्रपाको महाधिवेशन सकिएको पाँच महिना नाघ्यो । गत १५–१७ मंसिरमा भएको महाधिवेशनले अध्यक्षमा कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन विजयी भए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यतिबेला दबाबमा आए, जतिबेला स्थानीय तहको निर्वाचन घोषणा भयो ।

    कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रुपमा पुगेका लिङ्देनले ‘संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो, राजनीति ठिक छैन । राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर मन्तव्य दिए ।

    महाधिवेशन स्थलमा पुगेका कांग्रेसका प्रतिनिधि र सहभागीले ताली बजाए, उनीपछि मञ्चमा पुगेका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाले लिङ्देनको टिप्पणीप्रति समय खर्चिनुपर्‍यो । देश स्थानीय तहको निर्वाचनको माहोलमा प्रवेश गर्‍यो । राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन । यसर्थ लिङ्देन सबैभन्दा समयको दबाबमा परे । अध्यक्ष लिङ्देनले १८ र १९ फागुनमा काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन २२ फागुनदेखि देश दौडाहामा निस्किए ।

    उनले कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता अभिव्यक्ति दिँदै आएका छन् ।

    राप्रपाले देशभर दिनहुँजसो सभाहरूको आयोजना गर्दै गयो । हरेक सभामा केन्द्रीय नेताहरूसँँगै लिङ्देन आफैं पुग्न थाले । काठमाडौंमा जनताको ’रेस्पोन्स’ परीक्षण गर्न २५ चैतमा काठमाडौंमा राप्रपाले सभाको आयोजना गर्‍यो ।

    अध्यक्ष लिङ्देनले २४ चैतमा इलामको फिक्कलमा आमसभाका लागि समय दिए । पार्टीका अन्य नेताहरूले काठमाडौंको सभालाई सफल र भव्य बनाउन अध्यक्ष लिङ्देनलाई इलामको सभा रद्द गर्न र काठमाडौं केन्द्रीत हुन सुझाव दिए । पूर्वनिर्धारित कार्यक्रम रहेको र इलाममा तयारी भइरहेकाले रद्द नगरी लिङ्देन इलाम पुगे । साँझ अबेर फर्किएका लिङ्देन सिधै पार्टी कार्यालय पुगेर तयारीको ब्रिफिङ्ग लिए । काठमाडौंको सभामा पनि सहभागी भए ।

    उनले २६ चैतदेखि १० वैशाखसम्मको आफ्नो तालिका सार्वजनिक गरे । लिङ्देनको सहभागितामा देशका ५२ जिल्लामा ८० भन्दा बढी सभाहरु भइसकेका छन् । काठमाडौं, पोखरा, वीरगञ्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगायत देशका अधिकांश जिल्लामा सभा गरेको राप्रपाले उम्मेदवारी दर्तापछि पनि सभाहरूलाई निरन्तरता दिइरहेको छ । कैलालीमा एकैदिन आठवटा सभा गरेको राप्रपाले नुवाकोटमा दुई, वीरगञ्जमा दुई, लमजुङ, तनहुँमा साना ठूला कोणसभा र सभाहरु भए ।

    बुधबार लिङ्देन झापामा हुने विभिन्न सभाहरुमा सहभागी हुन झापा पुगेका पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसतासीमा हुने सभामा सम्बोधन गर्न झापा पुगेका लिङ्देन तीन दिनअघि कचनकवलको घेराबारी सभामा पुगेका श्रेष्ठले जानकारी दिए ।

    कचनकवल र हल्दिबारी अघिल्लो निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह हुन् । कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस, एमालेको गठबन्धन बनेको छ । निर्वाचनको मौन अवधि हुने दिनसम्म लिङ्देनले सभाका लागि विभिन्न जिल्लामा समय दिएका छन् ।

    ती सभा जनताको उल्लेख्य सहभागिता रहेको र देखिएको जनलहरलाई भोटमा रुपान्तरण गर्न अध्यक्ष लिङ्देनको देशव्यापी दौडाहा भएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

  • ठूला दलहरु असफल भइसके, देशको नयाँ विकल्प राप्रपा : लिङ्देन

    ठूला दलहरु असफल भइसके, देशको नयाँ विकल्प राप्रपा : लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन् ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र बिकास सम्भव नभएको समेत बताए । उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ बिकल्प राप्रपा भएको दावी गरे । पछिल्लो समय आम जनतामा राप्रपा प्रति नया आशा र विश्वास बढ्दै गएका उनको भनाई छ । उनले राप्रपाप्रति राखेको भरोषा टुट्न नदिने प्रतिवद्धता जनाए ।

    पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको राप्रपाले सोमबार बिभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराएको हो ।

  • बेरोजगारी र गरिबी अन्त्यका लागि सही नेतृत्व आवश्यक छ : अध्यक्ष लिङ्देन

    बेरोजगारी र गरिबी अन्त्यका लागि सही नेतृत्व आवश्यक छ : अध्यक्ष लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन् । राप्रपाले शुक्रबार चितवनमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा सही नेतृत्व छान्न नसक्दा बेरोजगार र गरिबीको अन्त्य हुन नसकेको बताए ।

    उनले भने, ‘बेरोजगार र गरिबी अन्त्यका लागि सही नेतृत्व छनोट गर्ने समय आएको छ ।’ उनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास गर्न नसकेकाले अब विकल्प सोच्ने बेला आएको बताए । उनले भने, ‘चुनावलाई ख्यालख्याल नठानौँ, भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाउ–बाजेको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’

    भोट दिँदा छोरी दिएको जस्तो गरी सोचेर दिन उनले आग्रह गरे । उनले थपे, ‘छोरी दिँदा जति सोचेर बुझेर दिइन्छ त्यति नै भोट दिँदा सोचिएन भने देशले दुःख पाउँछ ।’

    विगत निर्वाचनहरुमा ठिक पार्टी र नेता छान्न नसक्दा देश र जनताले दुःख पाएको उनको भनाइ थियो । जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने उनको भनाइ थियो । उनले भने, ‘देश कस्तो बनाउने भन्नेबारे तीनै पालिकाको विकास गरेर देखाउँछौँ । नमूना पालिका बनाउनेछौँ ।’

    कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र हेम्जङ गुरुङले आगामी निर्वाचनमा राष्ट्रवादीको जीत भएमा देश र जनताले दुःख नपाउने बताए । अहिले आफूहरू देश बचाउनका लागि गुहार माग्न जनतामाझ आएको उनीहरुको भनाइ थियो ।

    सो अवसरमा राप्रपाका महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहायक महामन्त्री प्रेम बलायर, सहमहामन्त्री रिना गुरुङलगायतले बोलेका थिए । जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

  • निर्वाचनमा तालमेलको कुरा चलेको छैन : अध्यक्ष लिङ्देन

    निर्वाचनमा तालमेलको कुरा चलेको छैन : अध्यक्ष लिङ्देन

    चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।

    शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गरी उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।’

    यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए । उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।’

    शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाएर उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । उनले भने, ‘कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।’

    फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए । उनले भने, ‘राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन् ।’ देशलाई माया गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उनकाे तर्क थियाे ।

  • ठूला दलहरुले मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनाए : लिङ्देन

    ठूला दलहरुले मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनाए : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न परितर्वन भएपनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाएका हुन् ।

    उनले देश असफल भए नेताहरुको केहि नबिग्रने तर युवाहरुको भविष्य बिग्रने धारणा राखेका छन् । उन्ले राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाएका छन् । राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उनको भनाई छ ।

    कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।