Tag: राष्ट्रिय स्वतन्त्र पार्टी

  • चितवन २ मा रवि लामिछानेले लिए दोब्बर बढीकाे अग्रता

    चितवन २ मा रवि लामिछानेले लिए दोब्बर बढीकाे अग्रता

    चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतगणनाअनुसार लामिछानेले १३ हजार ६ सय ४१ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेल ६ हजार २ सय ४९ पाएका छन् ।

    यसैगरी, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत प्राप्त गरेका छन् । रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

  • काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

    काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

    काठमाडाैं । काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले ८ हजार ७४३ मत ल्याए ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत पाइन् ।

    क्षेत्र नम्बर ७ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीका बसन्त मानन्धर ४ हजार १५३ मतसहित विजयी भएका छन् ।

    यसैगरी, प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ५ हजार २१८ मतसहित विजयी भएका छन् ।

  • काठमाडाैं २ मा रास्वपाकी साेविता गाैतम विजयी

    काठमाडाैं २ मा रास्वपाकी साेविता गाैतम विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् ।

    गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।

    दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए ।

    राप्रपा उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत परेकाे हाे ।

  • काठमाडौं- ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौं- ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौं । काठमाडौं – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

    श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।

    श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा वहालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् ।

    उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार ५२२ मत मात्र पाएका छन् ।

  • चितवन २ मा २ हजार मतले रवि लामिछानेकाे अग्रता

    चितवन २ मा २ हजार मतले रवि लामिछानेकाे अग्रता

    काठमाडौँ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

    १७१८२ मतगणना रविले ६ हजार आठ सय ३३ मतसहित अग्रता बनाएका छन् ।

    नेकपा एमालेका कृष्णभक्त पोखरेलले चार हजार आठ सय ३७ मतसहित रविलाई पछ्याइरहेका छन् ।

    काँग्रेसका उमेश श्रेष्ठ चार हजार चार सय २१ मत सहित तेस्रो स्थानमा छन् ।

  • समानुपातिकतर्फ एमालेले कटायाे १ लाख मत, घण्टी तेस्राे

    समानुपातिकतर्फ एमालेले कटायाे १ लाख मत, घण्टी तेस्राे

    काठमाडाैं । प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ ।

    अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ मत पाएको छ । तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ ।

    चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ ।

    अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन् । जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन् ।

    नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन् ।

    अन्य दलहरूले पाएको मत १९४३० छ ।

  • ललितपुर ३ मा ताेसिमा कार्कीकाे अग्रता कायमै

    ललितपुर ३ मा ताेसिमा कार्कीकाे अग्रता कायमै

    ललितपुर । ललितपुर ३ मा ताेसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीले ९,४०३ मत प्राप्त गरेकी छन् ।

    उनलाई नेकपा एमालेका अमृत खड्काले पछ्याइरहेका छन् । उनकाे ६,६४३ मत छ ।

    यसैगरी, गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ३,७५० मत ल्याएकी छन् ।

  • फेरि तेस्राेमा झरे रवि लामिछाने, कति पाए मत ?

    फेरि तेस्राेमा झरे रवि लामिछाने, कति पाए मत ?

    काठमाडाैं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेल ३ हजार ६ सय २३ मतका साथ अग्र स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २ सय १६ मतका साथ दाेस्राे स्थानमा उक्लेका छन् ।

    लामिछानेले २ हजार ९ सय ७८ मत पाएका छन् ।

  • पछि परे विनाेद चाैधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले उछिने

    पछि परे विनाेद चाैधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले उछिने

    नवलपुर । नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् ।

    त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् ।

  • एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा ‘घण्टी’काे अग्रता कायमै

    एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा ‘घण्टी’काे अग्रता कायमै

    काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर अग्रता लिएको छ।

    रूपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ सय ४४ मत ल्याएका छन् भने एमाले उपाध्यक्ष पौडेले १९ सय ४४ मत ल्याएका छन्

    यस्तै स्वतन्त्र उम्मेदवार केशवबहादुर थापा मगरले १४ सय ६१ मत ल्याएका छन् । यो क्षेत्रमा स्वतन्त्र पार्टीका पौडेलले सुरूदेखि नै अग्रता लिइरहेका छन् ।