Tag: वन्यजन्तु

  • डोटीमा घरभित्रै चितुवाको आक्रमण, आमा छोरी घाइते

    डोटीमा घरभित्रै चितुवाको आक्रमण, आमा छोरी घाइते

    डाेटी । डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा आमाछोरीमाथि चितुवाले आक्रमण गरेको छ । घरभित्रै पसेर चितुवाले आक्रमण गर्दा आमाछोरी घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चितुवाको आक्रमणबाट ४५ वर्षीया पार्वती विक र उनकी तीन वर्षीया छोरी लक्ष्मी घाइते भएका हुन् ।

    चितुवाको आक्रमणबाट पार्वतीको हात र टाउकोमा चोट लागेको छ । उनकी ३ वर्षीया छोरीलाई भने चितुवाले घाँटी र टाउकोमा आक्रमण गरेको स्थानीयले बताएका छन् ।

    घाइते आमा छोरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

  • चितुवाकाे पञ्जाबाट यसरी फुत्किइन् ८ वर्षीया बालिका

    चितुवाकाे पञ्जाबाट यसरी फुत्किइन् ८ वर्षीया बालिका

    तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् ।

    घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूणर्सिं थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए । मेडिकलका डा. महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ।

    बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउने बित्तिकै चितुवा भागेको जनाइएको छ ।

    पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु

    चितुवाको आक्रमणबाट बालकको मृत्यु

    अर्घाखाँची । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।

    गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

    भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो ।

    चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले जानकारी दिए ।