Tag: विद्युत प्राधिकरण

  • फेरि सुरू भयो लोडसेडिङ, औद्योगिक क्षेत्रमा दिनकै ९ घण्टा विद्युत कटौती

    फेरि सुरू भयो लोडसेडिङ, औद्योगिक क्षेत्रमा दिनकै ९ घण्टा विद्युत कटौती

    काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले ओद्योगिक क्षेत्रमा नौ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीहरूले गुनासो गरेका छन् ।

    भारतबाट आयात हुने विद्युत कटौती भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रमा बत्ती कटौती गरेको छ ।

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता शुरेबहादुर भट्टराईले बिहान करिब ५ घण्टा र साँझ ४ घण्टा विद्युत कटौती भएको स्वीकार गरेका छन् । उनले अहिले उद्योगहरूमा मात्रै विद्युत कटौती गरिएको र साना उद्योहरूको कटौती नगरेको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले उद्योगले केही सुधार आएको अवस्थामा लोडसेडिङ गरेर समस्यामा परेको गुनासो गरेका छन् ।

    हाल भारतबाट आयात हुने १०० मेगावाटभन्दा बढी विद्युत कटौती भएका कारण पिक आवरमा कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ । आन्तरिक उत्पादनले नपुगेका कारण करिब २५ प्रतिशत आयात गरेको छ ।

  • ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको ईआईए स्वीकृत

    ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको ईआईए स्वीकृत

    काभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ ।

    मन्त्रालयद्वारा गत कात्तिक अन्तिम साता इआइए स्वीकृत भएपछि आयोजनाको थप प्रक्रिया अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाका अनुसार आयोजना निर्माणका लागि चार हजार १३ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । गत जेठमा आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो ।

    अध्ययनबाट आयोजना क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लाका करिब १६ सय परिवार विस्थापित हुने अध्ययनले देखाएको छ । उनका अनुसार आयोजनाको विसं २०७४ देखि अध्ययन सुरु गरिएको थियो । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठवटा वडा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको छ ।

    इन्जिनियर थपलियाका अनुसार सुनकोसी–तेस्रो जलविद्युत् आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमानसहित इआइए तथा जैविक, आर्थिक सामाजिक, अध्ययन गरी मस्यौदा प्रतिवेदन निर्माण गरिएको थियो । साथै, आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाबारे इन्जिनियरिङ डिजाइनको कामसमेत सकिएको जनाइएको छ ।

    यस्तै, भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिइसकेर इआइए तयार गरिएको छ । विभागका अनुसार गत वर्ष माघमा वन मन्त्रालयमा पठाइएको इआइए प्रतिवेदन गत कात्तिक अन्तिम साता वनमन्त्री समेतको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा समेतको निर्णयबाट स्वीकृति भएको हो ।

    नेपाल र बङ्गलादेशबीच सो आयोजना निर्माण गर्न गत भदौमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा जलविद्युत् आयोजना प्रवर्द्धन गर्न संयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको थियो । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने सहमतिसमेत भएको छ ।

    त्यतिबेला बङ्गलादेश पक्ष दुई महिनाभित्र आयोजनाको सम्भाव्यतासम्बन्धी अध्ययन तथा वातावरणीय अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी त्यसपछिका चार महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्न तयार भएको थियो । गत भदौमै बङ्गलादेशको टोलीले आयोजनाको स्थलगत भ्रमणसमेत गरेको थियो । वन मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै आयोजना निर्माणको प्रक्रियातर्फ अघि बढ्ने जनाइएको छ ।

    इन्जिनियर थपलियाका अनुसार गत वैशाख पहिलो साता मन्त्रालयको विज्ञ टोलीसँग समेत आयोजनाबारे सुझाव/परामर्श लिइएको थियो । आयोजनाको अध्ययनसँगै प्रभावित क्षेत्रसँग सार्वजनिक सुनुवाइमार्फत लिनुपर्ने राय, सुझाव लिइसकिएको छ । विभागले गरेको सम्भाव्यता अध्ययनअनुसार उक्त जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न रु एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ ।

    ‘योजनाको लागत अनुमान अध्ययनका क्रममा उक्त परिमाणको देखिएको हो’, थपलियाले भने । उनका अनुसार विभागले सम्भाव्यता अध्ययनको काम सकेर योजनाबाट प्रभावित हुने जिल्लाका स्थानीय तहलाई मस्यौदा प्रतिवेदनमा छुटेको तथा स्थानीय तहले दिनुपर्ने राय–सुझावसमेत सङ्कलन गरिसकेको छ ।

    विभागलाई आयोजनाप्रति रामेछापको खाँडादेवी र सुनापती गाउँपालिका तथा सिन्धुलीको सुनकोसी गाउँपालिकाले समेत राय–सुझाव दिइसकेका छन् । परियोजनाको मापदण्ड तथा कार्य विवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने–नहुने निक्र्योल नभएका कारण सरकारले अध्ययन बाहेकमा थप बजेट विनियोजन गरेको छैन ।

    एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टिओआर भने विसं २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका छन् । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र लाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्ति लगायतको विषय पनि उल्लेख गरिएको जनाइयो । त्यसताका पनि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, स्थानीय तहको वडास्तरमा विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

    काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बास्कोटाले विस्थापित परिवारलाई एकीकृत बस्ती निर्माण गरी व्यवस्थापन गर्नेबारे सरोकारवालासँग तत्काल छलफल हुनुपर्ने बताए । ‘सरकारले आयोजनाको निर्माण कार्य कहिले सुरु गर्ने हो, सरकारले यसप्रति विशेष ध्यान दिई परिवार विस्थापनबारे सरोकारवालासँग छलफलमा गर्न ढिला गर्नुहुन्न, यो महात्वकाङ्क्षी योजना भएकाले जसरी पनि सफल बनाइनेछ’, उनले भने । आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने योजना बनाइएको विभागले जनाएको छ ।

    उक्त आयोजनाका लागि नेपाल सरकारले विसं २०७८ भदौ अन्तिम साता बङ्गलादेशलाई निर्माणको प्रस्ताव गरेपछि जेएससीको बैठकमा अनुमोदन भएको थियो । बङ्गलादेश र नेपालबीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बङ्गलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको थियो ।

    परियोजनाअन्तर्गत सुनकोसी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि रु ३३ करोड बजेट विनियोजन गरेको थियो । हालसम्मको विविध अध्ययनबाट सुनकोसी दोस्रोभन्दा तेस्रोको सम्भावना देखिएको जनाइएको छ ।

    आयोजनाअन्तर्गत लुभुघाटस्थित नदीमा करिब चार सय ८४ मिटर लामो र एक सय ६६ मिटर उचाइको बाँध निर्माण गरी पाँच सय ७० घनमिटर प्रतिसेकेन्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग पाँच सय ३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ ।

    सन् १९८५ मै जापान इन्टरनेसनल कोअपरेसन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उसले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोसी–तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेघावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।

    प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट करिब ६० किलोमिटरको दूरीमा अवस्थित छ । आयोजना निर्माणछि माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना देखिएको छ । २०७५ साल चैतमा काठमाडाँैमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या छैन । रासस

  • विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

    विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

    काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् ।

    बिहीबार आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए ।

    उनले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । उनले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिए ।

    ‘विद्युत् बेच्नु पर्दैन अब विद्युत् बेच्ने जमाना गए, स्वदेशमै विद्युत्को खपत बढाउनुपर्छ’, उनले भने ।

    कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत् खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए । भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उनको भनाइ छ ।

    ‘बर्खायाममा विद्युत् निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ । तर खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ’, उनले भने ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गरे । ‘पूर्वाधारको अभावमा विद्युत् प्रयोग गर्न सकिएको छैन । अर्बौँ लगानीका आयोजनाको पिपिए हुनसकेको छैन’ उनले भने ।

    ‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी बिहीबारदेखि सुरु भएको हो । प्रदर्शनी मङ्सिर २५ गतेसम्म चल्नेछ ।

  • नाङ्गो तार व्यवस्थापनका लागि सांसद पौडेलले थाले पहल, प्राधिकरण प्रमुख घिसिङसँग छलफल

    नाङ्गो तार व्यवस्थापनका लागि सांसद पौडेलले थाले पहल, प्राधिकरण प्रमुख घिसिङसँग छलफल

    काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल सुरु गरेका छन् । यसका लागि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका हुन् ।

    पौडेलले प्राधिकरणमा पुगेर घिसिङसँग छलफल गरी काठमाडाैं-५ सहित उपत्यकामा रहेको विद्युतीय तारको समस्या हल गर्न आग्रह गरे ।

    भेटमा उनले सबै सडकका पोललाई जतिसक्दाे चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पूर्न र सम्पूर्ण नाङ्गो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरेका थिए ।

    जवाफमा निर्देशक कुलमान घिसिङले कतिपय स्थानमा काम भइरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको जानकारी गराए । मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकहरूमा साँघुराे बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अफ्ठयारो रहेको उनको भनाइ थियो । तर, तीन वर्षभित्रमा यस काम सम्पन्न हुने घिसिङको भनाइ थियो ।

    निर्देशक घिसिङले समस्या हल गर्न काठमाडाैंमा २० ओटा शव स्टेशन निर्माण गर्ने जसअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेशन निर्माण हुने जानकारी गराएका थिए ।

  • तीन महिनामा विद्युत् प्राधिकरणले कमायाे साढे आठ अर्ब रुपैयाँ नाफा

    तीन महिनामा विद्युत् प्राधिकरणले कमायाे साढे आठ अर्ब रुपैयाँ नाफा

    काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ ।

    चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

    आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो ।

    सूचनाको हक सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरिद गरेको छ ।

    आफ्नो स्वामित्वमा रहेका विद्युतगृहहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ ।

    आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७/७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो । गएकाे आव २०७८/७९मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए । कार्यकारी निर्देशक घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गरे ।

    उनले भने, ‘आउँदाे दिनमा विद्युत् खपत बढाउन, उपभोक्तालाई परपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ४/५ वर्षभित्रमा ३/४ खर्ब रुपैयाँ लगानी गर्नु पर्ने छ, नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउन सक्ने अवस्था छैन, त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौँ ।’

  • नुवाकोटमा विद्युतकाे तारमा एक पुरुष झुण्डिएपछि हैरान बने प्रहरी

    नुवाकोटमा विद्युतकाे तारमा एक पुरुष झुण्डिएपछि हैरान बने प्रहरी

    काठमाडाैं । नुवाकोटमा एक जना पुरूष विद्युतको पोलमा झुन्डिएपछि प्रहरीले हैरानी व्यहाेर्नु परेकाे छ ।

    शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन् ।

    ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

    पाेलमा झुण्डिने व्यक्ति बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक हुन् ।

    प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थिए । उनलाई पोलबाट झर्ने प्रयास भइरहेको छ ।

  • विद्युत प्राधिकरणलाई ३५ दिनमा करिब ८ अर्ब रुपैयाँ घाटा हुने, लाेडसेडिङ भने नहुने घिसिङकाे दाबी

    विद्युत प्राधिकरणलाई ३५ दिनमा करिब ८ अर्ब रुपैयाँ घाटा हुने, लाेडसेडिङ भने नहुने घिसिङकाे दाबी

    काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत आयातमा समस्या देखिए पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतमा बिद्युतको मूल्य उच्च भएकाले खरिद नगर्दा केहि समस्या देखिएपनि लोडसेडिङ नहुने स्पष्ट पारेका हुन् । उनले केही दिनभित्रै समस्या समाधान हुने बताए ।

    घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग बिजुली किन्न खोज्दा अत्यधिक महँगो परेको बताए । भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने उनले जानकारी दिए ।

    हालको समस्या छोटो अवधिको रहेको भन्दै उनले महँगोमै बिजुली किनेर भए पनि सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने बताए । रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य बृद्धि हुनपुगेको उनले बताए । त्यस्तै, उनले जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने दाबी गरे ।

    उनले अहिलेको बेस लोड करिब ११ सय ५० मेघावाट रहेको भन्दै विभिन्न आयोजनामार्फत् विद्युत आपूर्ति सहज हुने विश्वास व्यक्त गरे ।

  • बिजुली नभएर बत्ती गएको होइन, बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

    बिजुली नभएर बत्ती गएको होइन, बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

    काठमाडौं । जाडो बढेपछि बढेको विद्युतको लोड धान्न नसकेर बेला-बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले बताएकाे छ ।

    शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए । घिसिङले भने, ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ, लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं ।’

    काठमाडौं उपत्यकामा ५०–६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दासमेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङकाे भनाइ थियो ।

    केही दिनयता विद्युत आपूर्ति अनियमित हुन थालेपछि सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गरिरहेका छन् ।