Tag: विश्व हिन्दू परिषद्

  • इम्बोस्ड नम्बर प्लेटमा सरकारले असंवैधानिक र अव्यवहारिक निर्णय गर्‍यो : विश्व हिन्दू परिषद, नेपाल

    इम्बोस्ड नम्बर प्लेटमा सरकारले असंवैधानिक र अव्यवहारिक निर्णय गर्‍यो : विश्व हिन्दू परिषद, नेपाल

    काठमाडाैं । इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको असंवैधानिक र अव्यवहारिक निर्णयप्रति विश्व हिन्दू परिषद, नेपालले गम्भीर आपत्ति प्रकट गरेकाे छ ।

    सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान हुने भएपछि परिषद्ले एक विज्ञप्ति जारी गरेर आपत्ती प्रकट गरेकाे हाे ।

    ‘नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गर्ने नीतिले नेपाली भाषामाथिको ठाडो प्रहार हो’ विज्ञप्तिमा भनिएकाे छ ।

  • माओवादी अध्यक्ष प्रचण्डकाे अभिव्यक्तिमा विश्व हिन्दू परिषद्,नेपालकाे ध्यानाकर्षण

    माओवादी अध्यक्ष प्रचण्डकाे अभिव्यक्तिमा विश्व हिन्दू परिषद्,नेपालकाे ध्यानाकर्षण

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अभिव्यक्तिप्रति विश्व हिन्दू परिषद्विश्व हिन्दू परिषद्,नेपालले आफ्नाे ध्यानकर्षण भएकाे जनाएकाे छ ।

    प्रचण्डले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू धर्मलाई आघात पुग्ने अभिव्यक्ति दिएका थिए ।

    उनले ‘समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको’ बताएका थिए । उनकाे उक्त अभिव्यक्तिमाथि विश्व हिन्दू परिषद्,नेपालले विज्ञप्ति जारी गरि विराेध गरेकाे हाे ।

    विज्ञप्तिमा भनिएकाे छ, ‘प्रचण्डले व्यक्त गरेको अराजक टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको छ ।’

    विश्व हिन्दू परिषद्,नेपालले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दू धर्म प्रति आस्थावान् नेपाली जनमानसको भावनालाई उपहास गरेकाे आराेप पनि लगाएकाे छ ।

    यसैगरी, नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्यबारे निकृष्ट टिप्पणी गरेकाे पनि विश्व हिन्दू परिषद्,नेपालले जनाएकाे छ ।