काठमाडाैं । राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पराजित हुने विश्लेषण गर्न थालिएकाे छ ।
एमसीसीका कारण राष्ट्रपतिकाे निर्वाचनमा एमाले उम्मेदवार पराजित हुने र एमाले माओवादीबीच टसल सुरु हुने राजनीतिक विश्लेषक गणेशकुमार मण्डल बताउँछन् ।
एमाले–माओवादीकाे गठबन्धन बन्नेबित्तिकै चिनियाँहरु जसरी हाैसिएर आए यही कारण चाइनािवराेधि शक्तिहरु अब एक ठाउँमा आउने उनकाे दाबी छ ।
‘सबै कुराकाे जड भनेकाे नै राष्ट्रपतिकाे निर्वाचन हाे । यसअघिकाे गठबन्धन भत्किनुकाे कारण पनि यही राष्ट्रपति विवाद हाे । एमसीसीकाे भविष्य खतरामा पर्ने भएका कारण कम्युनिष्टले चुनाव जित्न गाह्राे छ,’ उनले भने ।
एमसीसीकाे कार्यान्वयन र यसअघिकाे प्रक्रियाकाे लागि राष्ट्रपति मूख्य चुनाैती हाे । उनले भने, ‘अघिल्लाे गठबन्धन सरकारले एमसीसी ‘अन’ गरिसकेकाे छ । आईपीएस एमसीसीकै अर्काे पार्ट हाे । आईपीएस भनेकाे सैन्य स्ट्रेटेजी नै हाे, यहाँ सेना परिचालनकाे कुरा आउँछ, सेनाकाे अधिपति राष्ट्रपति नै हाे ।’
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासकाे मत पाए भने र एमालेले राष्ट्रपतिकाे निर्वाचन हार्याे भने याे गठबन्धन भत्किने निश्चित देखिएकाे उनकाे तर्क छ ।
एमालेबाट उम्मेदवार बनेका राष्ट्रपतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य साना दललले असहयाेग गर्ने दाबी उनकाे छ । यसपछि गठबन्धनमा किचलाे बढ्ने र गठबन्धन भत्किने उनकाे भनाइ छ ।
भारत र अमेरिका याे सरकारकाे विराेधमा मैदानमा नै उत्रिसकेकाे दाबी पनि उनले गरे । अहिले एक–एक पदका लागि भारत, अमेरिका र चाइना मैदानमा नै उत्रिसकेका छन् ।
उनले प्रचण्डकाे सरकारकाे नीति तथा कार्यक्रम नै संसदबाट पास नहुने र सरकार काेल्याप्स हुने निश्चित भएकाे दाबीसमेत गरे ।
हेर्नुहाेस् भिडिओ :