Tag: सुदूरपश्चिम प्रदेश

  • सुदूरपश्चिम प्रदेशमा आम हड्ताल : यातायात ठप्प, बजारमा आंशिक प्रभाव

    सुदूरपश्चिम प्रदेशमा आम हड्ताल : यातायात ठप्प, बजारमा आंशिक प्रभाव

    काठमाडौं । आम हड्तालका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ ।

    गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आह्वान गरिएको आम हडताल हडतालले प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन भने बजार पनि बन्द छ ।

    बन्दकर्ताहरु विहानैदेखि सडकमा निस्किएर सडक अवरुद्ध गराइरहेका छन् ।

    विश्वविद्यालय स्थानपनाका लागि गठित संघर्ष समितिले पूर्व घोषित कार्यक्रम अनुसार आम हडतालको गरेको हो ।

    गत माघ २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

    सुदूरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले पनि गेटालाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए ।

    तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र १ सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि सुदूरपश्चिमका नागरिक विरोधमा आएका हुन् ।

  • मुख्यमन्त्री शाहकाे प्रस्ताव : सुदूरपश्चिमका नदीबाट नेपाल भारत संयुक्त लगानीमा विद्युत उत्पादन गरौँ

    मुख्यमन्त्री शाहकाे प्रस्ताव : सुदूरपश्चिमका नदीबाट नेपाल भारत संयुक्त लगानीमा विद्युत उत्पादन गरौँ

    कञ्चनपुर । सुदूपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशका नदीमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्युत उत्पादन गर्नुपर्ने बताएका छन् ।

    सुदूरपश्चिम विश्वविद्यालय परिषरमा आयोजना भएको नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्रतिनिधिहरु सहभागी भएको तीन दिने मानसखण्ड अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

    नेपाल र भारतको यी दुई देश हुनु भन्दा पुरानो सभ्यताको सम्बन्ध भएको र मनासखण्डले दुई देश र प्रदेश जोडिएको मुख्यमन्त्री शाहले बताए ।

    नेपाल भारतको संस्कृतिक सम्बन्ध जस्तै आर्थिक सम्बन्ध बलियो हुनुपर्ने भन्दै शाहले भने, ‘नेपाल र भारतले संयुक्त लगानीमा यो प्रदेशमा भएका नदिबाट विद्धुत उत्पादन गरेर एसियामा बेच्न सकिन्छ ।’

    यस्तै, प्रदेशका पूर्व मुख्यमन्त्री तथा वक्ता राजेन्द्र सिंह रावलले सुदूरपश्चिम र उत्तराखण्डलाई संस्कृतिक रूपमा जोड्न आवश्यक भएको बताए ।

    कार्यक्रममा दुई क्षेत्रको इतिहास बारेमा बोल्दै रावलले दुई संस्कृति जोड्ने थुप्रै लेखौट, शिलालेख र मन्दिरहरु भएको भन्दै एक देशलाई समस्या हुँदा अर्कोले साथ दिनुपर्ने तर्क गरे ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

    कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्र अन्ततः सहयोग गर्ने निष्कर्षमा पुगेको छ ।

    नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निर्णय गरेको थियो ।

    सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्राचार गरिएको थियो ।

    पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको माओवादी निकट स्रोतले जानकारी दिएको छ ।

    तर अझैसम्म नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो नलागेको बताइएको छ । माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।

    निर्वाचनताका तत्कालीनघ प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका माओवादी प्रदेश इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

    सोही आश्वासन पूरा गर्न माओवादीले सो माग अघि सारेको हो । मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिन लागेका छन् ।

  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त, भाेलि शपथ

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त, भाेलि शपथ

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

    मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    उनलाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    मुख्यमन्त्रीमा नियुक्त भएका शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

  • सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसकाे ‘कमब्याक’, कमलबहादुर शाह बन्नेछन् मुख्यमन्त्री

    सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसकाे ‘कमब्याक’, कमलबहादुर शाह बन्नेछन् मुख्यमन्त्री

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसकाे ‘कमब्याक’ भएकाे छ ।

    पुस २७ गते एमालेसहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिम सरकारमा कांग्रेस कमब्याक भएकाे हाे ।

    नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि मुख्यमन्त्री रावल एक महिनामा बिदा भएका हुन् ।

    संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

    सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । अब कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

    उनले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको व्यक्तिले पनि विश्वासको मत नपाए १६८ (५) अनुसार संसदको कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन् ।

    तर, यसरी नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन् ।

  • विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले दिए राजीनामा

    विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले दिए राजीनामा

    धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् ।

    उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

    रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भए उनी स्वद पद मुक्त भएका छन् ।

    २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ ।

    तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।

    रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थालेका छन् ।

  • सुदूरमा सत्ता सकस : नागरिक उन्मुक्ति पार्टीका ७ सांसद काठमाडौंमा

    सुदूरमा सत्ता सकस : नागरिक उन्मुक्ति पार्टीका ७ सांसद काठमाडौंमा

    धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाइ नहुँदासम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने अडान लिएकी छिन् ।

    काठमाडौंमा रहेका पार्टीका सांसदहरुसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले कसैसामु आत्मसमर्पण नगर्ने बताएकी हुन्।

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीवार प्रदेश सभामा विश्वासको मत लिने प्रयास गर्दैछन् ।

    बुधवार नै विश्वासको मत लिने तयारी रहे पनि आवश्यक बहुमत पुर्‍याउन नसकेपछि प्रदेश सभाको बैठक सूचनामार्फत स्थगित भएको थियो ।

    बिहीवार दिउँसो १ बजेका लागि तय भएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । तर, बहुमतका लागि निर्णायक मानिएका नागरिक उन्मुक्ति पार्टीका ७ सांसद काठमाडौंमा छन् ।

    उनीहरूले रेशम चौधरीलगायत टीकापुर घटनामा दोषी ठहर भएका नेताहरूको रिहाइको माग पूरा गर्ने शर्त पूरा गरेमात्र विश्वासको मत दिने बताएका छन् ।

    रेशमसँग वार्ताका लागि उनीहरू काठमाडौं आएका थिए । उनीहरू धनगढी फर्केपछि मात्र विश्वासको मत लिने प्रक्रिया शुरू गर्ने तयारी छ ।

    १० सांसद रहेको एमालेलाई माओवादीका ११ र राप्रपाका १ सांसदको समर्थन छ । विश्वासको मत जित्न उन्मुक्तिका ७ सांसदको समर्थन अनिवार्य छ ।

    ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

    माओवादी, उन्मुक्ति र राप्रपाको समर्थनमा प्रदेश प्रमुख देवराज जोशीले एमालेका रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।