रसिया-युक्रेन युद्धकाे ५० दिन, युक्रेनकाे अवस्था देखाउने यी तस्बिर

काठमाडाैं । रसिया र युक्रनबीच युद्ध सुरु भएकाे ५० दिन पुगेको छ । युक्रेनका दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’ को मान्यता दिएपछि सुरु भएको युद्धमा दुवैतर्फ हजारौँ मानिसको मृत्यु भइसकेको छ ।

४६ लाख भन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेकाे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोचेको भन्दा लामो समय युद्ध जारी रहँदा रसियामाथि पनि ठूलाे ‘धक्का’ लागेको छ। युक्रेनका कयौँ शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना भइरहेको छ ।

५० दिनसम्म रसियालाई रोक्न सकेकोमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेनस्कीले युक्रेनी नागरिक र सेनालाई धन्यवाद व्यक्त गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१