• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

विश्व बैंकबाट १८ अर्ब ऋण, यूएसएडबाट ७९ अर्ब अनुदान लिने मन्त्रिपरिषदको निर्णय

काठमाडाैं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन (करिब ७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु :