• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

अत्याधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु : अध्ययन

एजेन्सी । मे र जुन महिनामा आएका दुईवटा अत्यधिक गर्मीका लहर (हीटवेभ) का कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु भएको एक बेलायती अध्ययनले जनाएको छ ।

यो अध्ययन इम्पेरियल कलेज लन्डन, मेट अफिस र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले संयुक्त रूपमा गरेको हो।

अनुसन्धानकर्ताहरूले इङ्ग्ल्याण्ड र वेल्समा आएका दुईवटा चरम गर्मीका लहरका क्रममा र गर्मीसँग सम्बन्धित संक्रमणका कारण मृत्यु भएको अनुमान छ ।

इम्पेरियल कलेज लन्डनकी मौसम र जलवायु परिवर्तन विषयकी अनुसन्धान सहकर्मी क्लेयर बान्र्सका अनुसार बेलायत अहिले वास्तवमै खतरनाक स्तरको गर्मीको सामना गरिरहेको स्पष्ट चेतावनी दिएका छन्।

अनुसन्धानले मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले यस्तो गर्मीका लहरलाई उल्लेखनीय रूपमा तीव्र बनाएको र त्यसका कारण मृत्युको जोखिम पनि बढेको देखाएको छ।

बान्र्सले चेतावनी दिँदै भनिन् ,‘अहिलेको तापक्रम केवल वृद्धवृद्धा वा दीर्घरोग भएका व्यक्तिहरूका लागि मात्र चिन्ताको विषय रहेन । अब सामान्य मानिसहरूको स्वास्थ्यका लागि पनि वास्तविक जोखिम बनेको छ।’ (सीसीटीभीप्लस)