शुक्रबार बिहान बालेनको विजय र्‍याली, यस्तो छ रुट

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत महानगरको मतगणना बिहीबार राति सकिएको हो ।

महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन् । महानगरको मत गणना सकिए पनि औपचारिक घोषणा शुक्रबार बिहान गर्ने तयारी गरिएको छ ।

बिहान ६ बजे अन्तिम मतपरिणामबारे घोषणा हुने भएपछि बालेन समर्थकहरुलाई ६ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुन र त्यसपछि विजयी र्‍यालीमा सहभागी हुन आह्वान गरेका छन् ।

विजय र्‍याली सभागृहबाट शुरु भएर भद्रकाली-त्रिपुरेश्वर-माइतीघर(सर्भिस ट्र्याक दक्षिण)-बबरमहल-बिजुलीबजार-युएन पार्क कोरिडोर-शान्तिनगर-तीनकुने-कोटेश्वर-जडिबुटी-पेप्सिकोलाबाट फिर्ता भएर काेटेश्वर-तीनकुने-सिनामङ्गल-एयरपाेर्ट-तिलगङ्गा-गौशला-चावहिल-महाराजगञ्ज-सामाखुशी-नयाँबसपार्क-बालाजु-स्वयम्भू-सितापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालिमाटी-टेकु-त्रिपुरेश्वर-सुन्धारा भएर टुँडिखेल आउनेछ ।

टुँडिखेलमा धन्यवाद सभा आयोजना हुने कलाकार अर्जुन घिमिरेले जानकारी दिए ।