राजदूत शर्माले भेटे भारतीय स्थल सेनाध्यक्ष पाण्डे, द्विपक्षीय रक्षा सहयोगबारे छलफल

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेसँग भेट गरेका छन् ।

नयाँदिल्लीस्थित सैनिक मुख्यालयमा भएको भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षबारे छलफल भएको राजदूत शर्माले जानकारी दिएका छन् ।

भेटमा राजदूत शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारतीय सेनालाई धन्यवाद दिएका थिए ।

भारतीय स्थल सेनाको सूचना निर्देशनालयले पनि भेटमा द्विपक्षीय रक्षा सहयोगका विविध पक्षमा चर्चा भएको उल्लेख गरेको छ ।