• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

वाम एकताका लागि अभियान सुरु गर्न वामदेव गौतमले बोलाए राष्ट्रिय भेला

काठमाडाैं । नेता वामदेव गौतमले नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि नयाँ चरणको एकताको अभियान सुरु गर्न राष्ट्रिय भेला बोलाएका छन् । गौतमले शनिबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाएका हुन् ।

असार ११ गते शनिबार बिहान ८ बजे ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा नेता गौतमले एकता अभियानको भेला बोलाएको गौतमका स्वकीय सचिव दीपक टमाटाले बताए । पार्टी एकता राष्ट्रिय भेलामा सबै जिल्लाबाट प्रतिनिधि आउने उनले बताए ।

नेकपाभित्र विवाद उत्कर्षमा रहेको समयमा २०७७ माघ १४ गौतमले एकताका लागि ‘राष्ट्रिय एकता अभियान घोषणा’ गरेका थिए । त्यस समयमा अध्यक्ष केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल दुई समूहले आधिकारिक नेकपा आफू भएको दाबी गर्दै आएका थिए ।२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र विभाजित भएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विभाजनपछि राजनीतिमा निस्क्रिय रहेका गौतमले केपी ओली नेतृत्वको एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोज्ने अनुमान गरिएको थियो। तर, उनी ओली वा नेपाल कतै पनि नलागी स्वतन्त्र रहँदै आएका छन्।