राप्रपालाई मनिषाको उर्जा, देशभर बहुमतको आशा (भिडिओसहित)

काठमाडाैं । चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाको चुनावी अभियानमा होमिएपछि राप्रपा र यसका उम्मेदवारहरु थप उत्साहित भएका छन् । राजासहितको प्रजातन्त्र र आफना हजुरबुवा बीपी कोइरालाको विचार, सिद्धान्त र आदर्शको मार्गमा हिंडेकाले आफू राप्रपाका उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा हिँडेको उनको भनाइ छ ।

मनिषाको समर्थन र सहभागिताले देशभर राप्रपाको रौनक झन बढेको र यसप्रति जनआकर्षण पनि थपिएको राप्रपाका नेता एवम काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेससभा उम्मेदवार नविन शाही बताउँछन् ।

शाहीका अनुसार कांग्रेसले बीपी कोइरालालाई विर्सेर प्रचण्डीकरण भएकाबेला राप्रपाले राजासहितको प्रजातन्त्र भन्ने वीपीको आदर्श वाक्यलाई आफनो लक्ष्य बनाएको प्रष्ट पारे ।

शाही भन्छन्, ‘मुलुक भ्रष्टाचार र कुशासनको दलदलमा फसेकाले त्यसबाट देशलाई मुक्त गरी विकास, समृद्धि, सुशासन र शान्तिको वातावरण बनाउन राजासहितको हिन्दू धर्म अपरिहार्य छ । गणतान्त्रिक शक्तिहरुले जनमतको दुरुपयोग गरेकाले अब जनता राप्रपाका एजेण्डातर्फ आकर्षित भएकाछन् । आउँदो चुनावमा राप्रपा एक नम्बर पार्टी बन्छ ।’

शाहीका अनुसार यही संविधान अन्तर्गत निर्वाचनमा सहभागीभइ संघीयता खारेजी, हिन्दू राष्ट्र र राजसंंस्था स्थापनाको मुद्दालाई राप्रपाले अघि बढाउने छ । जुन दिन राप्रपा निर्णायक तहमा पुग्छ, त्यही दिन आफनो एजेण्डा अक्षरशः पालना गराउनतर्फ अग्रसर हुनेछ ।

काठमाडौं १ को संघ र प्रदेशमा राप्रपाको जित सुनिश्चित भएको जनाउँदै शाहीले ठ्याक्कै संख्या यकिन गर्न नसके पनि देशभरको मत जोडेर पहिलो पार्टी बन्ने दाबी गरे ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१