राजेश हमाललाई १ लाख रुपैयाँसहित ‘महानायक’ सम्मान दिइने

काठमाडाैं । एपिक नेपाल म्युजिक अवार्डमा राजेश हमाललाई ‘महानायक’को सम्मान प्रदान गरिने भएको छ ।

एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिन लागिएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका–४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले आयोजना गरिरहेको यो अवार्डअन्तर्गत यस वर्ष हमाललाई ‘महानायक’को सम्मान दिन लागिएको हो ।

यो सम्मान माघको पहिलो हप्ता प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद जारी छ । यही बहस भइरहेकै बेला एपिक नेपाल म्युजिक अवार्डमा हमाललाई ‘महानायक’काे सम्मान दिन लागिएकाे हाे ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७