काठमाडाैं । नेपाली कांग्रेस काठमाडाैं क्षेत्र नं ५ ले बिहीबार वृहत् आमसभा कार्यक्रम राखेकाे छ । बिहीबार दिउँसाे २ बजे नारायणगाेपाल चाेक भाटभटेनी सुपरमार्केट अगाडी आमसभा गर्न लागिएकाे हाे ।
आमसभाका वक्ताहरुमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता नरहरी आचार्य, संघीय उम्मेदवार प्रदीप पाैडेल, अर्थविद् स्वर्णिम वाग्ले, प्रदेशसभा क का उम्मेदवार भैरव सापकाेटा, प्रदेशसभा ख का उम्मेदवार श्यामबहादुर खड्का रहेका छन् ।
आमसभामा उपस्थित हुनका लागि टाेखा नगरपालिका र कामपा ३ का नागरिकहरु साढे १ बजे बसुन्धारामा जम्मा भएर सभास्थान जाने, बुढा निलकण्ठ नगरपालिका र कामपा ३ का नागरिकहरु गंगालाल अस्पताल अघि जम्मा भएर सभामा जाने र कामपा वडा नं २,४ र ५ का नागरिकहरु चुनदेवी मन्दिरमा भेला भएर सभातर्फ जाने कार्यतालिका रहेकाे छ ।