जन्मनेबित्तिकै बच्चाको हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडाैं । सिन्धुपाल्चोकमा नवजात शिशुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेलम्बु गाउँपालिका-५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए ।

मंगलबार राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्या गरेको डिएसपी बुढाथोकीले बताए ।

हत्यापछि घरभन्दा ५० मिटर टाढा रहेको सार्वजनिक खरबारीमा दुई फिट खाडल खनेर उनले शिशुलाई पुरेकी थिइन् ।

शिशुको हत्यापछि पुरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

शवको पोष्टमर्टमको लागि अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रबिनाका श्रीमान तीन वर्षदेखि विदेशमा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७