सामाजिक सञ्जालको नियमन गरिरहेका छाैँ : निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले सामाजिक सञ्जालको नियमन गरिरहेको बताएका छन् ।

उनले निर्वाचनका क्रममा पहिलो पटक सामाजिक सञ्जालको नियमनको कार्य थालेको र यसलाई व्यवस्थित बनाउँदै लैजाने बताए ।

मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिले निर्वाचनलाई दूषित पार्ने कुनै पनि कार्य ग्राह्य हुँदैन, भन्ने नयाँ मानक आचारसंहितामै स्थापित गरिएको उनले बताए ।

सडकका भित्ता रङ्गाएर होइन, फेसबुक र अरु सामाजिक सञ्चालका भित्तामा लेखेर पनि निर्वाचनको प्रचारप्रसार गर्न सकिन्छ भन्ने मूल्यमान्यता स्थापित गर्न पनि यो निर्वाचन सफल भएको उनले बताए ।