झापा ४ मा घण्टीकाे सुरुवाती अग्रता

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ४ मा स्वतन्त्र पार्टीका शम्भू ढकाल ‘सुस्केरा’ले सुरुवाती अग्रता लिएका छन् ।

घण्टी चिह्नबाट चुनाव लडेका ढकालले १४३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद साँवाले ८४ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका देउकुमार थेवेले ४६ मत पाएका छन् । याे परिणाम ३ सय मत गणना गर्दाको हो ।