कोस्टारिकासँग पराजित भयाे जापान

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह‘इ’ मा जापानलाई १–० गोलको नतिजामा पराजित गर्दै कोस्टारिकाले प्रतियोगितामा पहिलो जित निकालेको छ ।

अमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकालाई जित दिलाउन केइसर फुलेरले गोल गरे । उनले ८१ औँ मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे ।

पहिलो खेलमा जर्मनीलाई हराएको जापान दोस्रो खेलमा भने आफैँ स्तब्ध भयाे । खेल अवधिभर थुप्रै आक्रमण बुनेको जापानले त्यसको सदुपयोग गर्न नसक्दा नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन सकेन ।

याे नतिजाले समूह इ मा भने जर्मनीको सम्भावना खुला भएको छ । समूहमा स्पेन, जापान र कोस्टारिकाको समान ३-३ अंक छ । आजै जर्मनीले राती पाैने १ बजे हुने खेलमा स्पेनको सामना गर्नेछ ।