बहुमतीय नभए राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ (भिडिओसहित)

चुनावी परिणामले कसैकाे पनि बहुमत पुग्ने अवस्था नभएपछि नयाँ सरकार निर्र्माणबारे अन्योल सृजना भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएपनि सरकार निर्माणको समीकरण बनाउन कांग्रेसलाई सकस परेको छ ।

नेपाली कांग्रेसका नेता एवम बागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ बहुमतीय सरकार सम्भव नभए राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्नुपर्ने बताउँछन् । मुलुकमा सरकारविहीनताको अवस्था आउन नदिन र विकास समृद्धिको सपना पूरा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनको भनाइ छ ।

श्रेष्ठ भन्छन्,‘राजनीतिमा जे पनि सम्भव छ । एमालेसँग मिलेर पनि सरकार बन्न सक्छ । गठवन्धनको अलग्गै सरकार पनि हुनसक्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि सरकार निर्माणमा आवश्यकता पर्न सक्छ । बहुमतिय सरकार सम्भव नभए कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’

सरकारको नेतृत्वका लागि कांग्रेसमा आकांंक्षी धेरै भएपनि उच्च तहकै नेताहरुले नेतृ्त्व गर्नुपर्ने श्रेष्ठको भनाइ छ । गगन थापाको प्रधानमन्त्री बन्ने चाहना महत्वाकांक्षी योजना भएकाले सफल नहुने उनको दाबी छ । संसदीय दलमा देउवाकै बहुमत भएकाले गगनको सपना पूरा नहुने उनी बताउँछन् ।

रवि लामिछानेको पार्टीले ल्याएको मतलाई सम्मान गर्नुपर्ने बताउँदै श्रेष्ठले रविले मतको सदुपयोग गरेर काम गरेर देखाउन नसके चाँडै समाप्त हुने चेतावनी दिए । उनले अहिले नै रविको आलोचना गर्ने समय नभएकाले नकारात्मक टिप्पणी गर्न सुझावसमेत दिएका छन् ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७