काठमाडाैं । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका हुन् ।
यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघि उनकी श्रीमती जुली महताेले धनुषा ३ बाट चुनाव जितिसकेकी छिन् ।
उनले पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन् ।
जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए ।
यससँगै, नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका छन् ।