• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनी

काठमाडौं । काठमाडौंमा ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शन गरिएको छ ।

भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उप–प्रमुखद्वय मञ्जली शाक्य तथा सुनिता डङ्गोलको उपस्थितिमा आइतबार ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो । मंसीर ११ गतेदेखि सुरु भएको यो कला प्रदर्शनी मंसीर २४ गतेसम्म नेपाल कला परिषद्मा चल्नेछ ।

भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पनि यही मंसीर १२–१३ गतेसम्म “भारत र नेपालका देवी देवताहरुको प्रतिमाको अभिव्यक्ति” नामक दुई दिने ‘लेक्चर सिरिज’को आयोजना गर्दैछ ।