समारिका ढकाल र जोन बमको अभिनयमा “छुटेको नै जाति “सार्वजानिक

काठमाडाैं । विशाल निराैलाकाे स्वरमा ‘छुटेकाे नै जाति’ बाेलकाे गीत सार्वजनिक भएकाे छ । मित्र केसीकाे शब्द तथा संगीतमा तयार पारिएकाे उक्त गीत विशाल निराैलाले गाएका हुन् ।

गीतकाे भिडिओमा जाेन बम र समारिका ढकालकाे अभिनय रहेकाे छ । गीतकाे भिडिओलाई जेरी भण्डारीले निर्देशन गरेका हुन् ।

प्रेमील जोडीको अभिनयमा देखिएका समारिका र बम निकै आकर्षक अभिनयको मसला सहितको भिडियो सामाग्री प्रस्तुत गरिएको छ।

समारिका र बमको क्यामेस्ट्रि मिस्रित अभिनय भएको यस एल्बमले बजार तताउने आंकलन गरिएको छ।

उक्त गीत विहीबार विशाल निराैला युट्युबबाट सार्वजनिक गरिएकाे हाे ।

हेर्नुहाेस् भिडिओ :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७