काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भनेर पत्र दिनु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।
उक्त प्रकरणको जिम्मेवारी राज्य सञ्चालन गर्नेहरूले लिनुपर्ने एमाले नेता रावलले बताएका छन् ।
‘प्रन्या चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको सन्दर्भका घटनाक्रम र निजको उमेरले अवकाश हुने दिन नजिकिँदै गर्दा संसद् सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसको देश, राज्य र राजकाज चलाउनेहरूले जिम्मेवारी लिनु पर्दैन ?’
महाभियोग निष्प्रभावी भएको पत्र पाएपछि चोलेन्द्र सरकारी निवास बालुवाटारबाट बुधबार सर्वोच्च अदालत जाने तयारी गरेका थिए ।
तर सरकार र वकिलहरूको अवरोधका कारण उनी सर्वोच्चमा हाजिर गर्न गएनन् ।