काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन् ।
साेमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अब सरकार बिस्तार गर्ने बताएका हुन् ।
उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने जानकारी दिए । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफूलाई पर्याप्त विश्वासको मत प्राप्त भएकाले आरामसँग सरकार चल्ने जिकिर गरे ।
उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने बताए । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका थिए ।