• २०८३ असार १०
  • 2026 June 24, Wednesday

भोलिबाटै सरकार विस्तारको प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको प्रक्रिया सुरु हुने बताएका छन्। विश्वासको मत पाएर प्रतिनिधि सभाबाट बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै उनले दुईरचार दिनमै सरकारले पूर्णता पाउने बताए।

प्रधानमन्त्री दाहालले सोमबार दोस्रोपटक विश्वासको मत पाएका छन्। पुस १० गते प्रधानमन्त्री भएका दाहालले पहिलो पटक एमालेसहित सबै दलको विश्वासको मत पाएका थिए।

तर, यसपटक एमाले र राप्रपाले पनि विपक्षमा मतदान गरेको छ। एमालेको सर्मथनमा प्रधानमन्त्री भएका प्रचण्डले दुई महिनामै सत्ता गठबन्धन परिर्वतन गर्दै नेपाली कांग्रेससहितको सरकार विस्तार गर्दै छन्।