कतारविरुद्ध नेपालकाे खराब ब्याटिङ, १५७ रनमै अलआउट

काठमाडौं । कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाली ब्याट्सम्यानहरु कतारका बलरसामू निरिह देखिए ।

टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको नेपाल १५७ रनमै अलआउट भएको हो ।

पछिल्लो समय उच्च लयमा रहेको नेपाली ब्याटिङ कतार सामू अपत्यारिलो रुपमा धराशयी बनेकाे हाे ।

नेपालका लागि तल्लो क्रमका ब्याटर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन योगदान गरे ।

उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरे । नेपालका ५ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेलले ३६ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन बनाए ।

आसिफ शेखले २७ बलमा १९ रन, सोमपाल कामी र आरिफ शेखले समान ११ रन जोडे । भने, दीपेन्द्रसिंह ऐरीले १२ रन योगदान गरे ।

कतारका अमिर फारुकले सर्वाधिक चार विकेट लिए । यसैगरी, ओवासिस अहमदले तीन विकेट लिँदा, गयान मुनाविराले दुई तथा, इक्रामुल्लाह खानले एक विकेट लिए ।