• २०८३ असार २६
  • 2026 July 10, Friday

त्रिवि शिक्षण अस्पतालमा खुल्यो जागिर

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले हाउस अफिसर पदमा दरखास्त आह्वान गरेको छ । अस्पतालको कर्मचारी प्रशासन शाखाले बिहीबार एक सूचना जारी गर्दै केही संख्यामा हाउस अफिसर पदमा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको उल्लेख छ ।

एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त महिला तथा पुरुषले वैशाख २० भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।