काठमाडौँ। नेपाल मेडिकल एसोसिएसनको आसन्न निर्वाचनमा डा. कमल राज साहले परिषद् सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । डा. साहले चिकित्सक हकहितको आवाज बुलन्द पार्न आफू चुनावी मैदानमा होमिएको बताएका हुन् ।
निर्वाचनमा डा. साहले चिकित्सकको अधिकार, पेसागत सुरक्षा, युवा चिकित्सकको सशक्तीकरण, उचित प्रतिनिधित्व र स्वास्थ्य क्षेत्र सुधारका एजेन्डासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
चिकित्सकहरूको बढ्दो कार्यस्थल चुनौती, मानसिक दबाब, करियर विकासका अवसर, सुरक्षित कार्य वातावरण र पेसागत गरिमाको संरक्षण आफ्नो पहिलो प्राथमिकता रहेको डा. साहको भनाई छ ।
डा. साहले “सशक्त मेडिकल एसोसिएसन, सुरक्षित चिकित्सक, गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्यका लागि आफूलाई जिताउन आवश्यक रहेको समेत बताए ।
एसोसिएसनको चुनाव यही साउन २३ गते हुँदै छ ।