काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको र सीमालगायत अन्य समस्या समाधान छिट्टै समाधान गरिने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तापछि भएको पत्रकार सम्मेलनमा मोदीले यस्ताे बताएका हुन् ।
मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगती भएको, रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइनलगायत थुप्रै काम गरेको बताए ।
भविष्यमा आफ्नो पर्टनरसीपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय भएको बताउँदै नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको जानकारी पनि उनले दिए ।
क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास उनकाे छ ।
त्यस्तै आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै उनले फुकोट कर्णाली हाइड्रपावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने जानकारी गराए ।
अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनीसम्म पुर्याएकाे बताएका उनले झापा सिलिगुडीमा नयाँ पाइपलाइन बनाउने पनि जानकारी गराए ।