कालीकोटमा जिप दुर्घटना २ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरीले जानकारी दिए ।

तीन जना सवार जिप सडकबाट मोड्ने क्रममा करिब ३०० मिटर तल खसेर दुर्घटना भएको भन्ने जानकरी आए पनि थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।