एकैदिन एक हजार रुपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७