काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले सामाजिकको व्यापक दुरुपयोग बढेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित दोलखा काठमाडौं सम्पर्क मंचको भेलालाई सम्बोधन गर्दै उनले आफूलाई पार्टी र नेता विरुद्ध सामाजिक सञ्जालमा व्यापक प्रहार गरिएको गुनासो गरे ।
आफूमाथि पनि मेनपावर व्यवसायी भनेर सामाजिक सञ्जालमार्फत गलत आरोप लागेको भन्दै असन्तुष्टि पोखे ।
उनले भने, ‘सामाजिक संजालको सहि सदुपयोग गर्नुपर्छ । श्रम मन्त्रालय चलाउँदै गर्दा । मेनपावर व्यवसायी भनेर हंगामा मच्चाईयो । मेनपावर व्यवसायी हुनु अपराध होइन, म त व्ययसायी थिईन , तर पनि व्यवसायीहरु मन्त्री हुनुहुँदैन भन्ने विचार चाँही अपराध हो ।’
अर्को निर्वाचनसम्म दोलखाका घर आँगनमा पुगेर पार्टीको प्रचार गर्ने बताएका उनले प्रदेश संरचना परिर्वतन हुनु पर्ने बताए ।