• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

माेदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट

नयाँदिल्ली । नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिइएका प्रोजेक्ट खोसेको छ ।

रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो ।

भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांशु त्रिवेदीले यसबारेमा जानकारी दिएका हुन । उनले भनेका छन्, ‘मनोज मुन्तासिरजी, तपाईंको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’

उनले आदिपुरुषमा रामायण, भगवान् रामलगायतको चरित्रलाई अपव्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरूले उनी माथि आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाइएका कारण चल्न पाएको थिएन ।

उनी अगाडी लेख्छन्, ‘यो भगवान् श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान् श्रीरामजीसँग माफी माग्नु होस् ।’