काठमाडौं । श्री एयरलाइन्सले प्राविधिक परीक्षणका लागि भन्दै आज सबै उडान स्थगित गरेको छ । श्री एयरलाइन्स प्रालिका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारीगर्दै आज आइतबार सम्पूर्ण उडान स्थगित गरिएको जानकारी दिए ।
श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आज दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको उने बताएका छन् ।
भोली सोमवारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन बताइएको छ ।
शनिबार दिउँसो साढेँ तीनबजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौंमै आपतकालिन अवतरण गराइएको थियो ।
सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।