• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कोलम्बियामा उड्दाउड्दै जुधे दुई हवाईजहाज (भिडिओसहित)

काठमाडौं । कोलम्बियामा उड्दाउड्दै दुई जहाज जुधेका छन् । कोलम्बियाको आइपे एयर बेस नजिकै दुई हवाईजहाज जुधेका हुन् ।

जुधेका हवाईजहाज तालिमको क्रममा रहेका कोलम्बियाको हवाई सेनाका दुई टि–२७ नामक जहाज भएको बताइएको छ ।

आइतबार दुई हवाईजहाज जुध्दा एक पाइलट लेफ्टिनेन्ट कर्नेलको मृत्यु भएको छ । हवाईजहाज जुधेको भिडियो फुटेज अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

जुलाई २० मा कोलम्बियाली सहर रियोनेग्रोमा हुने हवाई सोको तयारीको क्रममा भएको अभ्यासमा दुई हवाईजहाज जुधेका रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

Se accidentaron dos aviones de entrenamiento T-27 Tucano de la Fuerza Aérea a las 5:30pm en Apiay. El Teniente Coronel Mario Andrés Espinoza falleció. Todo nuestro apoyo a la familia. pic.twitter.com/CKhejJSOoE

— Steph Bates Prensa (@StephBatesPress) July 2, 2023