काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा आज (आइतबार) बिहानै देखि पानी परिरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मधेस प्रदेशबाहेकका सबै प्रदेशका आंशिकदेखी सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास रहेकाले अबको केही समय धेरै पानी पर्ने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ ।
अहिले (बिहान) कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राती बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी अन्य प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा सबैभन्दा धेरै वर्षा भएको छ । पोखरामा १ सय ५५ दशमलब ६ मिलिलिटर वर्षा मापन भएको छ । लुम्लेमा १ सय ३४ दशमलब ८, ओखलढुंगामा ७२,भैरहवा ३७, धनगढीमा २३ र काठमाडौंमा ३१ दशमलब ४ मिलिलिटर वर्षा भएको छ ।