• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिकता लिएकाे भनि सामाजिक सञ्जालमा ‘फेक पाेस्ट’ भाइरल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय नागरिकता लिएकाे भन्दै सामाजिक सञ्जालमा एक ‘फेक पाेस्ट’ भाइरल भएकाे छ ।

आर एल अबिनाश नामकाे फेसबुक अकाउन्ट मार्फत तस्बिरसहितकाे उक्त फेक पाेस्ट शेयर भएकाे हाे ।

उक्त पाेस्टमा प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिकता लिएकाे भन्ने दाबीसहितकाे क्याप्सन पनि लेखिएकाे छ ।

उक्त पाेस्टमा भनिएकाे छ, ‘कुनै बेला रबि लामिछाने लाई अनागरिक बनाउने जमात थिए अब भारतीय नागरिक प्रचण्डले आफैँ बोलेको कुराको स्मरण गर्न मन लाग्यो !’म प्रधानमन्त्री हुनु भारतको लागि कन्फर्टेबल छ’ । सत्य तथ्य छानबिन होस् ।

उक्त पाेस्टमा इडिट गरिएका तीन वटा फाेटाे पनि प्रयाेग गरिएकाे छ । उक्त पाेस्ट सामाजिक सञ्जालमा राखिएका‍े ४ घण्टाकाे अवधिमा करिब ७ सय पटक शेयर भएकाे छ ।

उक्त फेसबुक अकाउन्टबाट यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी पार्टीकाे विराेधमा अराजक पाेस्ट हुने गरेकाे पाइएकाे छ ।