काठमाडाैं । सन् १९५६ मा साहित्य एकेडेमी पुरस्कार विजेता पद्मविभूषण अमृता प्रीतमको जन्मजयन्तीको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले नेपाल–भारत पुस्तकालयमा ‘कला संवाद’ नामक सांगीतिक साँझ आयोजना गरेको छ ।
सो अवसरमा लोकप्रिय नेपाली गायक राज सागर र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विभिन्न कलाकारहरुले साहिर लुधियानवीका गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भारतीय कवि तथा अभिनेत्री अञ्जली कौल ‘अदा’ पनि उपस्थित थिइन् । उनले अमृता प्रीतमका सदाबहार केही कविता वाचन गरेकी थिइन् ।