• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सरकारले निजी क्षेत्रको सुझाव नसुनेको अध्यक्ष ढकालको गुनासो

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको सुझावलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

शनिबार आर्थिक पत्रकार समाज सेजनको २५ औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई बेवास्ता गर्दा आर्थिक क्षेत्रमा सुधार हुन नसकेको दाबी गरे ।

अहिले देशमा राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने अवस्था रहेको भन्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई व्यवास्ता गर्दा यस्तो अवस्था आएको जिकिर गरे ।

उनले भने, ‘अहिले राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने बीचमा जुन उचाइ भयो । त्यो चाँहि कताकता हामीले दिएको सुझाव व्यवास्ता गरेको कारणले हो भन्ने राख्न चाहान्छु ।’

उनले राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम सफल भएता पनि राज्यको तर्फबाट राम्रो नतिजा नआउँने भएकोले सहकार्यको आवश्यकता औँलाए ।

उनले भने, ‘राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा पनि यो अवस्था आएको हो भन्ने लाग्छ । सरोकारवाला निकाय यो मेरो जिम्मेवारी होइन भन्ने भन्दा पनि सबै जोडिएर जान सकिएन भने, कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम त सफल होला । तर राज्यको तर्फबाट आउँनु पर्ने रिजल्ट आउँदैन ।’