काठमाडौं । हप्ताको दोस्रो दिन आज पनि सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ ।
दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो ।
आइतबार सुन प्रतितोला १ लाख २० हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ ।
नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ ।