काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा जाने भएका छन् । असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते युगाण्डाको राजधानी कम्पाला जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आउँदो माघ ५ र ६ गते हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि कम्पाला जानेछन् ।
नेपालको परराष्ट्र नीति पनि असंलग्नताको सिद्धान्तहरूमा आधारित छ । प्रधानमन्त्री प्रचण्ड माघ ७ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।