• २०८३ असार १३
  • 2026 June 27, Saturday

अभिनेता विराज भट्टका छोरा फिल्ममा डेब्यू गर्दै

काठमाडौं । अभिनेता विराज भट्टका छोरा समिर भट्ट फिल्ममा डेब्यू गर्दैछन्। उनले आफ्नै होम प्रोक्सनबाट बन्न लागेको फिल्म १२ गाउँबाट डेब्यू गर्न लागेका हुन्।

आइतबार तस्बिर सार्वजनिक गर्दै विराजले छोराको डेब्यूबारे जानकारी दिएका हुन्। यो फिल्म अर्को महिनाबाट छायांकनमा जाने तयारी छ। नेपाली भाषामा बन्ने यो फिल्म अन्य भाषामा डब हुने बताइएको छ। फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहनेछ।

फिल्मका लागि अर्जुन पोखरेलले संगीत तयार गरिरहेका छन्। उक्त गीतहरूमा बलिउड गायकरगायिकाको स्वर रहनेछ।

समिर विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन्। उनले व्यवस्थापनबाट स्नातक गरेका छन्।