काठमाडौं महानगरले न्युरोड क्षेत्रमा पार्किङ हटाएपछि व्यापारीहरू आन्दोलित(भिडियाेसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोक लगाएपछि यहाँका व्यापारीहरूले बुधबार पनि विरोध प्रदर्शन गरेका छन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले माघ ९ गतेदेखि लागू हुने गरी न्युरोड क्षेत्रको पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रको व्यापार व्यवसायमा गम्भीर असर पर्ने भन्दै पार्किङ निषेधको निर्णय खारेज गर्नुपर्ने भन्दै न्युरोडका व्यापारीहरुले विरोध गरेका हुन् ।