दोहोरो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ८९ करोडमा खुम्चियो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबारदेखि ओरालो लागेको नेप्से साताको चौथो कारोबार दिनसम्म आइपुग्दा बजार ओरालो यात्रामै छ ।

नेस्से १०.२५ अंकले घटेर २०८८.०४ अंकको बिन्दुमा झरेर बन्द भएको छ ।

बुधबार बैंकिङ समूह १.१३ अंक र म्युचुअल फन्ड झिनो ०.०२ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् । ८० कम्पनीको सेयरमा बढोत्तरी छ भने १५३ को घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

बजारमा आएको निरन्तरको गिरावटसँगै कारोबार रकम पनि खुम्चिँदै गएको छ । आज ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता बराबरको सेयर कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । हिमालयनको २५ करोड १५ लाखको सेयर कारोबार भएको छ । यस्तै ज्ञादी ग्रुप अफ पावरको १३ करोड र अरुण काबेलीको १२ करोडको कारोबार भएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१