बेथिति र भ्रष्टाचारमा चुर्मलुम्म डुब्ने अवस्था कसले सिर्जना गर्‍योे : सांसद पराजुली(भिडियो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले लामो राजनीतिक इतिहास बोकेका राजनीतिक दलहरुले एउटा निर्दाेष पात्रलाई जबरजस्ती दोषी करार गर्ने प्रवृतिका काम गरिरहेको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘हामीहरुलाई लाई राजनीतिक अभ्यास सिकाउदैँ हुनुहुन्छ यती लामो इतिहास बोकेका राजनीतिक दलहरुले ।’ आफुहरुले यस्ता कृयाकलापहरुलाई नजिकबाट नियालीरहेको उनले बताए ।

बद्लिएको राजनीतिक समीकरणमा बेथिति र भ्रष्टाचारमा चुर्मलुम्म डुब्ने अवस्था कसले सिर्जना गरेको हो भन्ने कुरालाई नेपाली जनताले निर्मम तरिकाले समिक्षा गरिरहेको बताएका छन् ।