• २०८३ असार १७
  • 2026 July 01, Wednesday

बजेट निर्माण प्रक्रिया पारदर्शी बनाउन सांसदको माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालाले अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसहरुको पनि भरोसा गरेर सुझाव लिन आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले, जनतासँग जोडिएको व्यक्ति सांसदहरु नै हुने भएकाले बजेट निर्माणमा सांसहरुको पनि भरोसा गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘बजेट निर्माणको प्रक्रिया पनि एकदमै अपारदर्शी छ । बजेट बनाउने बेला लुकाएर बनाउने मन्त्रीहरुले पनि थाहा नपाउनेगरी बजेट बनाउनले प्रक्रिया अन्त्य हुुनुपर्छ । पारदर्शी तरिकाले व्यापक छलफल गर्ने, खासगरी अर्थमन्त्रीज्यूलाई विशेष अनुरोध छ । बजेट निर्माणमा सांसदहरुलाई भरोसा गर्नुहोस् । नजिकको विज्ञ भनेपनि जे भनेपनि अनुभवी र जनतासँग जोडिएको व्यक्ति सांसदहरु नै हुन् । त्यसैले योजना निर्माणमा पनि सांसदको सुझाव सम्बोधन गर्नुहोला ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ बजेट परम्परा तोड्ने खालको हुने भन्दै आएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरू आशावादी रहेको बताए ।