काठमाडौं । पत्रकार दिवश भण्डारी दुर्गा प्रसाईंका प्रेस सल्लाहकारमा नियुक्त भएका छन् ।
लामो समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान सञ्चालन गरिरहेका प्रसाईंले प्रेस सल्लाहकारको जिम्मेवारी दिवश भण्डारीलाई सुम्पेका छन् ।
प्रसाईं मेडिकल व्यवसायी समेत हुन् भने रेडियो पत्रकारिता हुँदै पत्रकारितामा उदाएका भण्डारी हुलाक सञ्चारमा पनि केहि समय आबद्ध थिए ।